केही दिनमा नै ओलीलाई संसदीय दलको नेताबाट हटाउने माधव समूहको तयारी-Sutra News

केही दिनमा नै ओलीलाई संसदीय दलको नेताबाट हटाउने माधव समूहको तयारी

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता मेटमणि चौधरीले आफूहरु केही दिनमा नै सरकारमा जाने बताएका छन् ।



काठमाडौँको बुद्धनगरमा बसेको माधव पक्षको नेताहरुको बैठकमा चौधरीले यस्तो बताएका हुन् ।

उनले अबको केही दिनमा नै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउनेसमेत दावी गरेका छन् ।

‘धेरै सांसदहरूले हामीतिर आउने प्रतिबद्धता जनाउनुभएको छ, १०/१५ दिनमा परिस्थिति फेरिन्छ,’ चौधरीले सूत्रन्यूजसँग भने ।

बैठकमा माधव समूहका जम्मा १९ सांसदको उपस्थिति रहेको थियो ।  

यता आज प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माधव समूहका नेता विजय पौडेलले भने आफूहरु सरकारमा नजाने बताएका थिए ।

पछिल्ला राजनीतिक घटनाक्रमले नेकपा एमालेको विग्रह झन् गहिरो बनाउँदै लगेको देखिन्छ।

पछिल्लोपटक नेपाल र उनी पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन गर्दै राष्ट्रपति कार्यालय शीतलनिवासमा हस्ताक्षर बुझाएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएपछि झन् ओली माधव समूहप्रति रुष्ट बनेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट