काठमाडौँ उपत्यकामा बढ्यो कोरोना महामारी, एकैदिन थप ८५९ जनामा संक्रमण-Sutra News

काठमाडौँ उपत्यकामा बढ्यो कोरोना महामारी, एकैदिन थप ८५९ जनामा संक्रमण

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको हो।

निषेधाज्ञा खुकुलो भएसँगै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज १५ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा थप१ हजार ९९३ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ३३ जना संक्रमितको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट