सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठको अवकाशविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार-Sutra News

सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठको अवकाशविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अवकाश दिने सशस्त्र प्रहरी बलको निर्णय कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।



प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार चुडालको बुधबार बसेको इजलासले अवकाश दिने सशस्त्र प्रहरी बलको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश दिन नमिल्ने बताएको हो ।

सर्वोच्चले डीआईजी श्रेष्ठले अवकाश पाइसकेको एक महिनापछि रिट लिएर आएको र उक्त रिटमा अवधि थप गर्न माग गर्नु उनको निर्विवाद हक हो भन्न सक्ने नदेखिएको भन्दै अन्तरिम आदेश नदिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट