आफू पक्षीय नेताहरुलाई माधवले भने – ओलीबाट दोस्रो अध्यक्ष बन्न प्रस्ताव आयो, के गरूँ ?-Sutra News

आफू पक्षीय नेताहरुलाई माधवले भने – ओलीबाट दोस्रो अध्यक्ष बन्न प्रस्ताव आयो, के गरूँ ?

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दोस्रो अध्यक्ष बन्न प्रस्ताव गरेको बताएका छन् ।



आज बसेको आफू पक्षीय नेताहरुको बैठकमा नेपालले आफूलाई ओलीले त्यस्तो प्रस्ताव गरेको बताएका हुन् । उनले दोस्रो अध्यक्ष बन्ने या नबन्ने भन्ने विषयमा नेताहरुसँग सुझावसमेत मागेका छन् ।

नेपालले सुझाव मागेकामध्ये अधिकांश सांसदले दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न नहुने पक्षमा आफ्ना धारणा राखेका छन्। 

नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता मेटमणि चौधरीले आफूहरु केही दिनमा नै सरकारमा जाने बताएका छन् ।

काठमाडौँको बुद्धनगरमा बसेको माधव पक्षको नेताहरुको बैठकमा चौधरीले यस्तो बताएका हुन् ।

उनले अबको केही दिनमा नै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउनेसमेत दावी गरेका छन् ।

‘धेरै सांसदहरूले हामीतिर आउने प्रतिबद्धता जनाउनुभएको छ, १०/१५ दिनमा परिस्थिति फेरिन्छ,’ चौधरीले सूत्रन्यूजसँग भने ।

बैठकमा माधव समूहका जम्मा १९ सांसदको उपस्थिति रहेको थियो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट