मजदुरलाई प्राथमिकतामा राखेर खोपको व्यवस्थापन गर्न सरकारलाई कृषि समितिको निर्देशन-Sutra News

मजदुरलाई प्राथमिकतामा राखेर खोपको व्यवस्थापन गर्न सरकारलाई कृषि समितिको निर्देशन

बुधबार, १३ साउन २०७८

बुधबार, १३ साउन २०७८

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसान र पशुपक्षी फार्ममा काम गर्ने मजदुरलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाबिरुद्धको खोपको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।



सिंहदरबारमा बुधबार बसेको किसान र मजदुरलाई कोरोना विरुद्धको खोप तत्काल लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

समितिले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिराका घटनाबाट पशुपक्षी र बालीनालीमा क्षति पुगेका किसानलाई सहयोगस्वरुप यथाशक्य राहत उपलब्ध गराउन सुझाव दिएको छ ।

त्यस्तै बैठकले मल खाद्य खरीदका लागि बजेट व्यवस्था गरी किसानका मागबमोजिम सरकारले समयमै किसानका मुद्दालाई सम्बोधन गर्नुपर्ने जनाएको छ ।

बैठकमा समिति सदस्यहरुले किसानलाई सरल, सुलभ र सहजरूपमा मलखाद्य उपलब्ध गराउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट