काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिप्रति काठमाडौंबाटै विरोध सुरु भएको छ । मनोमानी रुपमा क्रियाशील सदस्यता प्रदान गरेको र छानविन हुन नसकेको भन्दै काठमाडौंका केही ईकाइ समितिले बिरोध जनाएका हुन् ।
क्रियाशील सदस्यता छानविनको विरोध गर्दै सभापतिहरुले बुधबार पार्टी पदाधिकारी बैठक बसेको स्थान बुढानिलकण्ठमा धर्ना दिएका थिए । उनीहरुले ‘पार्टीभित्र लोकतन्त्र खै, व्यक्ति ठूलो कि विधान, काठमाडौं ७ को क्रियाशील छानविनमा न्याय दे’ लगाएतका प्लेकार्ड बोकेका थिए ।
धर्नामा पुगेका कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले छानविन समितिबाट भएको त्रुटीलाई सच्चाउने प्रतिवद्धता जनाए । धर्नामा बसेकाहरुले मनोमानी रुपमा प्रदान गरिएको क्रियाशील सदस्यता नसच्चिए पार्टी कार्यालयमा धर्ना दिने चेतावन दिएका छन् ।