नासपति खाने सिजन आयो, यस्ता छन् फाइदा-Sutra News

नासपति खाने सिजन आयो, यस्ता छन् फाइदा

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

काठमाडौं- स्वस्थ रहन चिकित्सकले सागपातका साथै फलफूलमा पनि जोड दिन सुझाउँछन् । पौष्टिक तत्वले भरिपूर्ण फलफूल हामीले हाम्रै गाउँठाउँमा पाउन्छौं । जसमध्ये एउटा फल हो नासपति । धेरैलाई नासपतिबारे जानकारी भए पनि यसले हाम्रो स्वास्थ्यलाई पुग्ने फाइदाबारे थाहा नहुन सक्छ । 



नासपति मौसमी फल हो । जुन बाहिरबाट हेर्दा स्याउ जस्तो देखिन्छ । यो पल गर्मीयाम देखि बर्षातको समयमा पाइन्छ । नासपतिका फाइदा धेरै छन् । यसमा पाइने पौष्टिक तत्वले हामीलाई स्वस्थ रहन मद्दत गर्छ ।

तौल घटाउँछ

बढ्दो तौललाई नियन्त्रण गर्नको लागि नासपतिले अह्म भूमिका निभाउँछ । नासपतिलाई लगातार १२ हप्तासम्म खानाले बढेको तौललाई घटाउन सकिन्छ । मोटोपन भएका व्यक्तिले नासपतिलाई हाम्रो आहारका रुपमा पनि प्रयोग गर्न सक्छन् ।

क्यान्सरमा नासपति

क्यान्सर जस्तो घातकको रोगको लागि मौसमी नासपतिले फाइदा गर्छ । नासपतिमा यूरोसोलिक एसिड पाइन्छ जसले फोक्सो, भोजन नली क्यान्सर हुनबाट बचाउँछ । महिनावारी भएको समयमा नासपति दैनिक रुपमा खानाले महिलामा क्यान्सरको सम्भावना कम हुन्छ ।

मुटुको लागि नासपति

अस्वस्थकर जीवनशैलीले मुटु सम्बन्धी रोगलाई निम्त्याउँछ । यदि हामीलाई मुटुलाई स्वस्थ राख्न छ भने नासपतिलाई आफ्नो आहारमा समावेश गराउनु पर्छ । यसले हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ ।

मधुमेहमा नासपति

मधुमेह रोगीका लागि नासपति लाभदायक हुन्छ । यसमा एन्टि डायबिटिक गुण हुन्छ जसले मधुमेहका बिरामीलाई राहत दिन्छ । यससँगै नासपतिमा प्रचुर मात्रामा फाइबर पाइन्छ, जसले मधुमेह बिरामीको रगतमा ग्लुकोेजको मात्रालाई सन्तुलित बनाई राख्छ ।

रोग प्रतिरोधात्मक क्षतमामा विकास

स्वस्थ रहनको लागि रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु जरुरी हुन्छ । त्यसैले रोग प्रतिरोधात्मक क्षमताको विकासको लागि नासपनि दैनिक रुपमा खानुपर्छ । नासपतिमा भएको एन्टिअक्सिडेन्ट गुणले रोग प्रतिरोध क्षमता बढाउन मद्दत गर्छ ।

ओस्टियोपोरोसिस्मा राहत

बढ्दो उमेरसँगै पोषक तत्वको कमी भएर हाम्रो हड्डीमा समस्या उत्पन्न हुन्छ । ओस्टियोपोरोसिस् पनि हड्डी सम्बन्धित एक प्रकारको रोग हो । यो क्याल्सियम, भिटामिन र मिनरलको कमीले हड्डीमा हुने रोग हो ।

यसमा हड्डी कमजोर हुन्छ । यस्तो अवस्थामा नासपतिको सेवन गर्नाले ओस्टियोपोरोसिस्बाट बच्न सकिन्छ । नासपतिमा पाइने पौष्टिक तत्वले क्याल्सियम बनाउन मद्दत गर्छ जसले हड्डी कमजोर हुनबाट बच्छ ।

उच्च रक्तचाप

उच्च रक्तचाप भएका व्यक्तिलाई नासपतिले सकारात्मक असर गर्छ । उच्च रक्तचापको समस्याबाट बच्न दैनिक रुपमा नासपतिको सेवन गर्न उचित हुन्छ । अनुवाद 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट