प्रतिगमन स्वीकार्दैनौं, गोकुल बाँस्कोटाहरु खुसी हुन जरुरी छैन : मिलन पाण्डे-Sutra News

प्रतिगमन स्वीकार्दैनौं, गोकुल बाँस्कोटाहरु खुसी हुन जरुरी छैन : मिलन पाण्डे

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देशले प्रतिगमन नस्वीकार्ने बताएका छन् ।



पाण्डेले देशलाई फेरी व्यवस्था परिवर्तनको नाउँमा २०-२५ वर्ष पछाडि नधकेल्ने भन्दै कमल थापा, महेश बस्नेत तथा गोकुल बाँस्कोटाहरु खुशी हुन् जरुरी नभएको उल्लेख गरेका छन् ।

‘ढुक्क हुनुहोस्, पार्टी/देशले प्रतिगमन स्विकार्ने छैन। फेरी देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन। समाजलाई विभाजित गर्ने छैन। देशलाई फेरी व्यवस्था परिवर्तनको नाउँमा २०-२५ वर्ष पछाडि धकेल्ने छैन। त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन।’ उनले लेखेका छन् ।

ढुक्क हुनुहोस्,

पार्टी/देशले प्रतिगमन स्विकार्ने छैन।
फेरी देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन।
समाजलाई विभाजित गर्ने छैन।
देशलाई फेरी व्यवस्था परिवर्तनको नाउँमा २०-२५ वर्ष पछाडि धकेल्ने छैन।
त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन।

— Milan Pandey (@MilanPandey) July 28, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट