काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डा पौडेललाई योजना आयोगमा नियुक्त गर्ने निर्णय गरेको थियो ।