सांसद पदमा पुनर्वहालीको माग गर्दै दर्ता भएको रिटको सुनुवाइ न्यायाधीश कार्कीको इजलासमा-Sutra News

सांसद पदमा पुनर्वहालीको माग गर्दै दर्ता भएको रिटको सुनुवाइ न्यायाधीश कार्कीको इजलासमा

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

काठमाडौँ । सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता भएको पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ।



नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका पूर्वमाओवादीका ४ पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहाली गर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले  आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने माओवादी केन्द्रको निर्णय  ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले दल त्याग भएको पुष्टि हुनुपर्ने भनेको र आफूहरुले दल त्याग गरेको पुष्टी हुने कुनै प्रमाण नरहेको उनीहरुको तर्क छ ।

माओवादी केन्द्रीय समितिले गर्नुपर्ने निर्णय गैरकानूनी तरिकाले गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधिसभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको रिट निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट