५ पटक प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन, हुन त बुद्धि भए पो पलाउँथ्यो- गोविन्द केसी-Sutra News

५ पटक प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन, हुन त बुद्धि भए पो पलाउँथ्यो- गोविन्द केसी

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

काठमाडौँ । डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।



उनले केही दिन अगाडी श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए ।

उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै उनले देउवा ५ औं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि बुद्धि नपलाएको व्यंग गरे ।

‘देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन की जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्..बुद्धि भएको पलाउनु ?’ उनले भने ।

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि यतिबेला विरोध आइरहेको छ ।

उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।

  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट