काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउन दबाब दिएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका सभाति शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । उनले अन्य राजनीतिक दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका छन् ।
कांग्रेस संस्थापनइतर समूहको केहीदिन अगाडि बसेको बैठकले आफ्नो समूहले पाउने मन्त्रालयमा उपप्रधानमन्त्रीको दाबी गरेको थियो।
स्रोतका अनुसार पौडेल पक्षले देउवा पक्षसँग उपप्रधानमन्त्रीमा कोइरालालाई राख्नुपर्ने अडान राख्दै आएको छ ।
देउवाले केही दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।
कोइराला यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भएकी थिइन्।