मन्त्रालय भागबण्डामा जुट्यो सहमति, माओवादीले कतिवटा पायो ?-Sutra News

मन्त्रालय भागबण्डामा जुट्यो सहमति, माओवादीले कतिवटा पायो ?

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ ।



विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको गोप्य छलफलमा माधव नेपाल पक्ष विना मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

स्रोतका अनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले सात मन्त्रालय पाउनेगरी सहमति भएको बताइएको छ ।

गठबन्धनमा सहभागि नेपाली कांग्रेसबाट हालसम्म प्रधानमन्त्री बाहेक २ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् ।

कांग्रेसका बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा छन् । माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भूसाल ऊर्जामन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट