मन्त्रालयको भागबण्डा मिलेपछि माधव नेपाल भेट्न प्रचण्ड सुटुक्क कोटेश्वरमा-Sutra News

मन्त्रालयको भागबण्डा मिलेपछि माधव नेपाल भेट्न प्रचण्ड सुटुक्क कोटेश्वरमा

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।



मन्त्रालय भागबण्डाको कुरामा सहमति पुगेपछि प्रचण्ड नेपाल भेट्न कोटेश्वर पुगेका हुन् ।

स्रोतका अनुसार माओवादीले ७ मन्त्रालय पाउने पक्का भएको छ ।

नेकपा एमालेका विवादका कारण माधव पक्ष भने सरकारमा सहभागी नहुने भएको छ ।

सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट