काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन् जनता समाजवादी पार्टी जसपाले आफ्नो पार्टीबाट ककसलाई मन्त्री बनाउने भन्ने गृहकार्य सुरु गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्री चयनको व्यापक रुपमा छलफल भइरहेको छ ।
बिहीबार तुलसी अमात्य स्मृति भवनमा जारी रहेको बैठकले सरकारमा सहभागी हुन मन्त्रीको टुंगो लगाउने बताइएको छ ।
मन्त्री बन्नेहरुमा जसपा उपेन्द्र यादवसहित महेन्द्र राय यादव, प्रदीप यादव राजेन्द्र श्रेष्ठ, रेणु यादव, , इस्तियाक राई, रानी मण्डल, प्रमोद साहलगायतको नाम प्रस्ताव गरेको बताइएको छ ।