काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रा र सक्षम व्यक्तिलाई मात्र मन्त्री बनाउन सुझाव दिएका छन् ।
विश्व बाघ दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो सुझाव दिएका हुन् ।
‘प्रधानमन्त्री एक्लैको मात्र पहलले केही हुँदैन,’ उनले भने, ‘सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित मान्छे चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ ।’
एमालेको एकता प्रक्रियाका कारण माधव समूह हाललाई सरकारमा सहभागी नहुने भएको छ ।
देउवाले अबको केही दिनमा नै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् ।