कुवेत जाने नेपाली श्रमिकले अझै पाएनन् खोपको ‘क्यूआर कोड’, मन्त्रालय भन्छ – समय लाग्छ [भिडियो रिपोर्टिङ]-Sutra News

कुवेत जाने नेपाली श्रमिकले अझै पाएनन् खोपको ‘क्यूआर कोड’, मन्त्रालय भन्छ – समय लाग्छ [भिडियो रिपोर्टिङ]

बिहिबार, १४ साउन २०७८

बिहिबार, १४ साउन २०७८

वैदेशिक रोजगारीका लागि कुवेत जाने श्रमिकहरूले बिहीवार स्वास्थ सेवा विभाग टेकुमा धर्ना दिएका छन् । क्यूआर कोडसहित सर्टिफिकेटको माग गर्दे उनीहरूले धर्ना दिएका हुन् ।



कुवेत सरकारले नेपालबाट भित्रिने श्रमिकका लागि कोरोना भाइरसको खोप लगाएको क्यूआर कोडसहितको  सर्टिफिकेट मागेपछि उनीहरू स्वास्थ सेवा विभाग टेकु पुगेका हुन् । एक हप्ता भन्दा बढी समय धाउँदा पनि क्यूआर कोडका बारेमा विभाग तथा स्वास्थ्य मन्त्रालयबाट सम्बोधन नभएपछि उनीहरू अक्रोशित बनेका छन् । मन्त्रालय तथा विभागैपिच्छै फरक-फरक कुरा भएको उनीहरू बताउँछन् । 

करिब ५० देखि ८० जनाको हारहारीमा रहेका श्रमिकहरूको भिसा मिति सकिनै लागेको छ भने कसैको त रिन्यू गरिएको भिसा मिति समेत सकिइसकेको छ । क्यूआर कोड दिन ढिलाइ गरेका कारण भिसा सकिने दिन नजिकिँदै गएकोमा उनीहरू चिन्तित देखिएका छन् । 

तर स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भने क्यूआर कोडका लागि अझै १० देखि १५ दिन लाग्न सक्ने बताएका छन् । पर्याप्त मात्रामा प्रविधि तथा नियम नहुँदा साथै नयाँ काम भएकाले केही समय लाग्न सक्ने उनको भनाइ छ । यसबारे विभाग तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारिहरूको छलफल जारी रहेको ती कर्मचारीले सूत्रन्यूजलाई बताए ।

भिडियो – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट