काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
आजको बैठकले भाद्र १ देखि मंसिर मसान्तसम्म `संगठन सुदृढीकरण र जनजागरण अभियान´ सञ्चालन गर्ने निर्णय गरको छ । उक्त अभियान सञ्चालनका लागि कार्यकारिणी सदस्यहरूको अभियान केन्द्रित अस्थायी कार्यविभाजन गरिएको छ ।
बैठकले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यस्तै आजको बैठकमा अनुशासन सम्बन्धि छानबीन गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ रहने छानबिन समिति गठन गरिएको छ ।