काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीको अनुशासनसम्बन्धी गुनासो छानबिन गर्न अनुशासन समिति गठन गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाँच सदस्यीय अनुशासन समिति गठन गरेको हो ।
नवराज सुवेदीको संयोजकत्वमा गठन गरिएको समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ सदस्य छन् ।
पार्टीभित्र अनुशासनका गतिविधिमाथि निगरानी गर्नुका साथै समितिले उजुरी परेको अवस्थामा छानबिन गर्ने छ ।