काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संसदीय दलको नेता शनिबार चयन गर्ने भएको छ ।
११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढेको हो ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता चयन गर्ने निर्णय गरेकाे छ ।
अध्यक्षद्वय यादव, डा.बाबुराम भट्टराईल र महेन्द्रराय यादवलगायतमध्येबाट संसदीय दलको नेता चयन हुनेछ ।
आधिकारिकता पाएको जसपाको पक्षमा २२ जना सांसद छन् । ३२ सांसद रहेको जसपामा यो बहुमत संख्या हो ।