पखाला लाग्नबाट यसरी बच्नुहोस्-Sutra News

पखाला लाग्नबाट यसरी बच्नुहोस्

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौं- मनुसनको सिजनमा हाम्रो पाचनशक्ति सुस्त हुन सक्छ । बेमौसमी खानाले पनि हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।



जब खानेकुरा शरीरमा पच्दैन, त्यसमा भएको पोषकतत्वहरु शरीरले ग्रहण गर्न सक्दैन । शरीरमा पोषक तत्वको अभाव हुन्छ, शरीरको कार्य सञ्चालन सही ढंगले हुन सक्दैन ।

जब शरीरको कार्य सञ्चालन सही ढंगले हुन पाउँदैन, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । पाचन यन्त्र स्वस्थ नहुँदा सामान्यत पेट दुख्ने, वान्ता आउने, ग्याष्ट्रिक र पखला लाग्ने जस्ता स्वास्थ्य समस्या आउँछ । वर्षातको समयमा तैलिय खानेकुरा अत्यधिक मात्रामा खाँदा यस्ता समस्या आउने गर्छन् ।

कसरी बच्ने ? 

पखाला लाग्नु एक पाचन समस्या हो । वर्षातको बेला यो समस्या सामान्य हो । पखाला लागेको भए सामान्य घरेलु उपयाले पनि ठिक गर्न सकिन्छ ।

धेरैले पखाला लागेको बेला चिनी र नुन घोलेको पानी पिउने गर्छन् । यसले पखाला लाग्नबाट केही राहत दिन्छ । त्यसै अर्को उपाय हो दही र केरा । केरा र दहीलाई मिसाएर खाँदा तुरुन्त पखाला लागेको ठिक हुन्छ ।

कसैलाई केही मनपर्ने खानेकुरा खाँदा एसिडिटी बढेर आउँछ । यस्तो अवस्थामा एसिडिटी कम गर्न चिसो दूध खान सकिन्छ ।

चिसो दूध पिएर एसिडिटीलाई कम गर्ने यो सबैभन्दा सरल र सहज उपाय हो । दूधमा भएको क्याल्सियम र राम्रो ब्याक्टेरियाले पेटमा रहेको एसिडलाई निमूल पारेर शरीरलाई आराम दिन्छ । खाना खाइसकेपछि चिसो दूध पिउनु उपयुक्त हुन्छ ।

वर्षातको समयमा तारेको खानेकुरा खान हामीलाई धेरै मन पर्छ । तर धेरै तैलिय खानेकुरा खाँदा अपचको समस्या पैदा हुन्छ ।

यस्तो अवस्थामा कालो नुन र भुटेको पाचनतन्त्रलाई बलियो बनाउँछ । खाना खाएपछि कालो नुन र भुटेको जिरा खानाले बेचैनी, फेल्ने फूल्ने, उपच जस्ता निमूल हुन्छन् ।

वर्षातको समयमा हैजा एक कमन समस्या हो । हैजा हुँदा शरीरमा भएको पानी वान्ता र पखालाद्वारा बाहिर निस्कन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ ।

हैजा भएको समयमा नरिवल पानीको सेवन प्रभावशाली उपाय साबित हुन्छ । नरिवल पानीमा इलेक्ट्रोलाइट्सको पूर्ति गर्ने क्षमता हुन्छ । यसले शरीरलाई बलियो बनाउँछ । सधैं नरिवलाको ताजा पानी पिउनुपर्छ ।

ग्याष्ट्रिक र कब्जियतको समस्यामा दूध उत्तम उपाय विकल्प हो । राती दूध र घ्युको सेवनले पाचनतन्त्रलाई बलियो बनाउँछ । दूधमा घिउ मिसाए राम्रो किटाणु बन्छ । यसले कब्जियतको समस्यालाई निर्मूल पार्ने काम गर्छ । अनुवाद   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट