मधुमेह भएका व्यक्तिले मदिरा पिउँदा हुन्छ ?-Sutra News

मधुमेह भएका व्यक्तिले मदिरा पिउँदा हुन्छ ?

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौं- मदिरा र मुधमेहको समायोजन आफैँमा घातक संयोजन होे । मधुमेह भएका व्यक्तिले मदिरालाई छुन पनि हुँदैन । मधुमेहले लाखौं व्यक्तिलाई सताएको हुन्छ ।



यसले व्यक्तिको रगतमा चिनीको स्तर, पाचन प्रक्रिया, कोलेस्ट्रालमा प्रत्यक्ष प्रभाव पार्छ । रगतमा चिनीको मात्रा अत्यधिक बढ्नाले स्वास्थ्यमा गम्भीर असर पार्छ । किनकी मधुमेह धेरै नै संवेदनशील स्वास्थ्य समस्या हो ।

मदिरापान किन घातक ?

मधुमेह र मदिरा खराब संयोजन हो । मदिरालाई मधुमेह भएको व्यक्तिको शरीरले विषको रुपमा हेर्दछ । मधुमेह भएका व्यक्तिले मदिरा पिउँदा शरीरमा चिनीको मात्रा अत्यधिक बढ्छ । मिठो मदिरामा कार्बोहाइड्रेट हुन्छ । जसले शरीरमा चिनी र इन्सुलिनको मात्रालाई बढाउँछ ।

मदिरापानले शरीरमा चिनीको मात्रा घट्न वा बढ्न पनि सक्छ । यसकासाथै यसमा अत्यधिक क्यालोरी हुन्छ, फलस्वरुप मोटोपनाको समस्या पनि हुनसक्छ ।

मदिरा र मधुमेहको औषधिबीच प्रतिक्रिया उत्पन्न हुन्छ । त्यसैले मधुमेह भएका व्यक्तिले मदिरा पिए लगत्तै रगतमा चिनीको मात्रा घटेको महसुस हुन थाल्छ ।

मदिराले मस्तिष्कमा भोक बढेको संकेत गर्छ । जसको कारण अत्यधिक भोक लागेको महसुस हुन्छ र धेरै खानेकुरा खान मन लाग्छ । त्यसैले अत्यधिक खानेकुरा खाने सम्भावना हुन्छ । अत्यधिक खानेकुरा खाँदा रगतमा चिनीको मात्रा अचानक बढ्छ ।

खाली पेट वा खाना खाएपछि मदिरा पिउँदा रगतमा चिनीको स्तर घटबढ भएको थाहा हुन्छ । यो प्रक्रिया २४ घण्टासम्म रहिरहन्छ । नियमित खाना खाएपछि अधिक मदिरापान गर्दा मधुमेह बढ्छ । त्यसैले मदिरापान गर्नुपूर्व एक पटक शरीरमा चिनीको मात्रा जाँच गर्न आवश्यक हुन्छ । अनुवाद

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट