पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर सवारी दुर्घटना: एकको मृत्यु, पाँच घाइते-Sutra News

पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर सवारी दुर्घटना: एकको मृत्यु, पाँच घाइते

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

धनुषा- धनुषामा आज एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।



ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

आज बिहान ५:०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट