कोरोनाको खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिने घोषणा-Sutra News

कोरोनाको खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिने घोषणा

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

कोरोनाको सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन अमेरिकाका राष्ट्रपतिले  राज्यहरूलाई आह्वान गरेका छन्।



बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन्।

बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने बताएका छन् ।

बीबीसीको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट