काठमाडौँ । नेकपा एमालेका नेता तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने आकांक्षाका कारण नेकपा फुटेको आरोप लगाएका छन् ।
शुक्रबार एक अनलाइनलाई अन्तर्वार्ता दिँदै नेता थापाले यस्तो बताएका हुन् ।
उनले पार्टीका माधवकुमार नेपालको गद्दारीका कारण नेकपा एमाले फुटेको आरोप लगाए । नेपालले विपक्षी दल नेपाली काँग्रेसलाई भोट दिएका कारण निवर्तमान प्रधानमन्त्री ओली सत्ताबाट बाहिरिएको बताए ।
‘प्रचण्डको छिटो प्रधानमन्त्री बन्ने सपनाले नेकपा फुट्यो, माधव नेपालको गद्दारी र विश्वासघातले एमाले फुट्दैछ ।’ उनले भने ।
उनले काँग्रेसका सभापति शेरबहादुर देउवा जनादेशको नभएर परमादेशाबाट भएको बताएका छन् ।
त्यस्तै उनले एमाले एकताका लागि अहिले दोस्रो तहका नेताहरुले भूमिका निभाउँदै आएको बताएका छन् ।