माओवादी पूर्वसांसदको निवेदन न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई हुने-Sutra News

माओवादी पूर्वसांसदको निवेदन न्यायाधीश भट्टराईको इजलासमा सुनुवाई हुने

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ ।



१४ साउनमा ‘हेर्न नभ्याइने’मा परेको निवेदनमाथि आज पुनः सुनुवाइ तोकिएको हो। बिहीबार न्यायाधीश दीपकुमार कार्कीको इजलासमा पेसी तोकिएको थियो भने आज न्यायाधीश भट्टराईको इजलासमा परेको छ।

नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका पूर्वमाओवादीका ४ पूर्वमन्त्रीले सांसद पदमा पुनर्वहाली गर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले  आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने माओवादी केन्द्रको निर्णय  ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले दल त्याग भएको पुष्टि हुनुपर्ने भनेको र आफूहरुले दल त्याग गरेको पुष्टी हुने कुनै प्रमाण नरहेको उनीहरुको तर्क छ ।

माओवादी केन्द्रीय समितिले गर्नुपर्ने निर्णय गैरकानूनी तरिकाले गरेको र विधानले अध्यक्षलाई दिएको ५ वटा अधिकारमा प्रतिनिधिसभा सदस्यको पद खारेज गर्ने अधिकार नरहेको रिट निवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट