एमालेले पार्टी कार्यालयमा खीर खुवाउने-Sutra News

एमालेले पार्टी कार्यालयमा खीर खुवाउने

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । नेकपा एमालेले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ ।



आज साउन १५ गते भएको हुनाले एमालेको पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रम रहेको एक नेताले जानकारी दिए ।

शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको पार्टी कार्यालयका सचिव तामाङले जानकारी दिएका छन् ।

साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ।

रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर छ। झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट