काँग्रेसमा क्रियाशील सदस्यको विवाद बढ्यो- देउवा, पौडेल र सिटौलाबीच बैठक हुँदै-Sutra News

काँग्रेसमा क्रियाशील सदस्यको विवाद बढ्यो- देउवा, पौडेल र सिटौलाबीच बैठक हुँदै

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद बढ्दै गएको छ ।



क्रियाशील सदस्यको विषयमा देखिएको विवाद समाधान गर्न आज  शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुने भएको छ ।

गत बिहीबारको पदाधिकारी बैठकले क्रियाशीलमा देखिएका विवाद हाल गर्न शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

क्रियाशीलमा धाँधली भएको भन्दै जिल्लाका नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा २० दिनदेखि धर्ना दिइरहेका छन्। 

क्रियाशील सदस्यको विवादका कारण वडा तहको अधिवेशन स्थगित भएको थियो । सम्पूर्ण तयारी नभएकोले कांग्रेसको महाधिवेशन सर्ने पक्का छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट