पार्टी कार्यालयमा खीर खुवाउने एमालेको कार्यक्रम, माधव पक्षलाई छैन थाहा-Sutra News

पार्टी कार्यालयमा खीर खुवाउने एमालेको कार्यक्रम, माधव पक्षलाई छैन थाहा

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । नेकपा एमालेले आज नेता कार्यकर्तालाई बोलाए पार्टी कार्यालयमा खुवाउने भएको छ ।



कार्यक्रममा नेता माधवकुमार नेपालपक्ष भने खीर खाने कार्यक्रममा नजाने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खाने कार्यक्रम राखिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । धान रोपाइँ गर्ने कार्य असारभित्र सम्पन्न गरी कार्यमा ह्रास शक्तिलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट