अल्मुताइरीको ‘राजीनामा’बारे छलफल गर्न एन्फाको कार्यकारिणी बैठक बस्दै-Sutra News

अल्मुताइरीको ‘राजीनामा’बारे छलफल गर्न एन्फाको कार्यकारिणी बैठक बस्दै

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेको विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ-एन्फाको बैठक आज बस्ने भएको छ ।



केही दिन अगाडी अल्मुताइरीले राजीनामा दिने घोषणा गरे पनि अझै राजीनामा दिएका छैनन् । फेसबुक स्टाटसमा अल्मुताइरीले तीन सातायता नेम्वाङले आफूसँग नाटक गरिरहेको उल्लेख गरेका थिए।

पंकज नेम्वाङले अल्मुताइरीसँग आफ्नो कुनै मनमुटाव नरहेको भन्दै चरित्र हत्या गर्ने काम भएको बताउँदै आएका छन् ।

प्रशिक्षक अब्दुल्लाहले भनेका छन्, “डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदै छु। र, मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले  मेरा बारे नाटक गरेका छन्।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट