काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन् ।