काठमाडौँ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्चमा शुक्रबार पनि सुनुवाई हुँदैछ ।
गत साउन ८ मा नेता ठाकुरले पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा उनको रिटको सुनुवाई हुने भएको छ ।
बहुमत संख्याको आधारमा निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।
अहिले जसपाका महन्थ ठाकुर पक्ष नयाँ पार्टी खोल्ने विषयमा आवश्यक छलफलमा रहेका छन् ।