काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले पार्टीको महाधिवेशन समयमा नै हुनुपर्ने कुरामा जोड दिएका छन् ।
बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।
‘पार्टीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,’ उनले भने ।
त्यस्तै नेता थापाले काँग्रेस नेतृत्वको सरकारलाई गल्ती गर्ने छुट नभएको उल्लेख गरेका छन् ।
थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि बताएका छन् ।