माधव नेपाल र विष्णु पौडेलबीच कोटेश्वरमा भेटवार्ता-Sutra News

माधव नेपाल र विष्णु पौडेलबीच कोटेश्वरमा भेटवार्ता

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

नेकपा एमालेका नेता माधवकुमार नेपाल र पार्टीका उपमहासचिव विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।



माधव नेपाललाई भेट्न नेता पौडेल उनकै निवास कोटेश्वरमा पुगेका हुन् । अहिले भेटवार्ता जारी छ ।

एमाले विभाजन रोक्नका लागि अहिले नेताहरुले दौडधुप गरिरहेका छन् ।

यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच पनि भेटवार्ताको तयारी भइरहेको छ ।

दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट