प्रतिनिधिसभा बैठक- एमसीसीको विषयमा भीम रावलले के भने ?-Sutra News

प्रतिनिधिसभा बैठक- एमसीसीको विषयमा भीम रावलले के भने ?

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सम्झौतासँग सम्बन्धित कागजातहरु प्रतिनिधिसभामा पेश गर्न माग गरेका छन् ।



प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरे ।

“पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ”, डा रावलले भने, “एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालका छन्, राष्ट्र हितमा छैन ।” उपाध्यक्ष डा रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट