एमालेको अध्यक्ष बन्दै भीम रावल !-Sutra News

एमालेको अध्यक्ष बन्दै भीम रावल !

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीको अध्यक्ष बन्ने संभावना बढ्दै गएको छ ।



एमाललेमा विवाद बढ्दै गएपछि दोस्रो तहका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्न थालेपछि अध्यक्षमा भीम रावलको संभावना बढेको हो ।

माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली र आफूबाहेक कसैलाई नेतृत्व दिएर महाधिवेशनमा जाने प्रस्ताव गरेको कारण रावल अध्यक्ष हुने संभावना झनै उच्च रहेको छ । 

स्रोतका अनुसार भीम रावललाई महाधिवेशन आयोजक कमिटीको प्रमुख बनाएर अगाडी बढ्ने रणनीति बनाइएको बताइएको छ । 

भीम रावल यतिबेला ओली र नेपाल दुवैको प्यारो मान्छेसमेत बनिसकेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि ओलीप्रति रावल रुष्ट बने पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने समयमा ओली र रावलको सम्बन्ध राम्रो भएको नेताहरु बताउँछन् ।  

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदा एमाले एकतामा समस्या हुने भन्दै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिएनन् ।    

उनलाई केहीदिन अगाडी अध्यक्ष ओलीले कार्यवाहक अध्यक्ष लिन प्रस्तावसमेत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट