लुम्बिनी प्रदेशमा जसपाका ३ मन्त्री सांसदबाट पदमुक्त-Sutra News

लुम्बिनी प्रदेशमा जसपाका ३ मन्त्री सांसदबाट पदमुक्त

शुक्रबार, १५ साउन २०७८

शुक्रबार, १५ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका लुम्बिनी प्रदेशका मन्त्रीहरु सांसद पदबाट पदमुक्त भएका छन् ।



पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

उनीहरु शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् ।

केन्द्रमा अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि फेरि पार्टीको निर्देशन नमानेको भन्दै कारवाही गरेको  प्रदेश सभामा पत्र पठाएको छ ।

suchana_patra_4_MmJxJy6ZLj.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट