काठमाडौं- नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने बताएका छन् । खिर खाने कार्यक्रममा आज उनले १० बुँदे सहमतिअनुसार नै पार्टी एकता कायम गर्न अधिकतम लचकता अपनाउने बताए ।
एकता गर्ने नाममा अनिश्चिता नराख्ने उनको भनाइ छ । ‘देशभरिका नेता कार्यकता, पार्टीका समर्थकले पनि अनन्त, अनिश्चिता राख्नु हुँदैन भन्ने भावना प्रकट गर्नुभएको छ’, उनले भने, ‘त्यसैले कार्यदल सहमति गरेको १० बुँदे प्रस्तावलाई नै कार्यन्वयन गरेर पार्टी एकता चाँडै गर्नुपर्दछ ।’
महासचिव पोखरेलले पार्टीका शीर्ष नेताको सहमतिमा नै दुवै पक्षको कार्यदलले १० बुँदे सहमति गरेको उल्लेख गर्दै १० बुँदे सहमति कार्यन्वयन गर्ने तदारुकता नदेखिएकाले एकतालाई निष्कर्षमा पुर्याउन नसकिएको स्पष्ट पारे ।
पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि आफूहरूले अधिकतम लचकता अपनाउने उनको भनाइ छ ।