काठमाडौं- ३३ किलो सुन तस्करीमा मुछिएका एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा काठमाडौंबाट झापा गौरदह-८ का ‘भोजे मामा’ भनिने भोजराज भण्डारी पक्राउ परेका हुन् ।
उनलाई शुक्रबार काठमाडौंको गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।
सुन तस्करीमा उनको भूमिका के कस्तो थियो भन्नेबारे अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।