काठमाडौं- पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन् । शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई अभद्र व्यवहार गरेका हुन् ।
हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडियोमा सुन्न सकिन्छ ।
भिडियोमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ । तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ ।