सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…-Sutra News

सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन् ।



माओवादी केन्द्रका अनुसार उनी बिरामी भएकोले उपचार गर्न अस्पताल भर्ना भएकी हुन् ।

उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो ।

लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको कारण सत्ता जोगाउन सांसद किनबेच गर्न खोजेको आरोप विपक्षी गठबन्धनको छ ।

पति उत्तरकुमार वलीको मृत्युपछि भएको उपनिर्वाचनमादाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उनी प्रदेश सभा सदस्य चुनिएकी हुन्।

उनको पतिको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट