प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र चाहना भएको कारणले नेकपा फुटेको हो- सूर्य थापा-Sutra News

प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र चाहना भएको कारणले नेकपा फुटेको हो- सूर्य थापा

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

नेकपा एमालेका नेता तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने आकांक्षाका कारण नेकपा फुटेको आरोप लगाएका छन् ।



एक अनलाइनलाई अन्तर्वार्ता दिँदै नेता थापाले यस्तो बताएका हुन् ।

उनले पार्टीका माधवकुमार नेपालको गद्दारीका कारण नेकपा एमाले फुटेको आरोप लगाए । नेपालले विपक्षी दल नेपाली काँग्रेसलाई भोट दिएका कारण निवर्तमान प्रधानमन्त्री ओली सत्ताबाट बाहिरिएको बताए ।

‘प्रचण्डको छिटो प्रधानमन्त्री बन्ने सपनाले नेकपा फुट्यो, माधव नेपालको गद्दारी र विश्वासघातले एमाले फुट्दैछ ।’ उनले भने ।

उनले काँग्रेसका सभापति शेरबहादुर देउवा जनादेशको नभएर परमादेशाबाट भएको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट