नेकपा एमालेको विघटित विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ।
कार्यदलको बैठकमा नेता माधवकुमार नेपाल पक्षका भीम रावलसहित ६ जना रहेका छन्। त्यस्तै अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु पौडेलसहभागी छन्।
शनिबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार आज दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ ।
बैठकमा तीन विषयमा छलफल हुने तामाङले जानकारी दिए ।
उनकाअनुसार केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणका बारेमा बैठकमा छलफल हुनेछ ।