काठमाडौँ । दलको नेता चयन गर्न जनता समाजवादी पार्टी(जसपा)ले शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाएको छ ।
सांसदहरु सिंहदरबारमा भेला भएतापनि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अझै नपुगेका कारण बैठक सुरु हुन सकेको छैन ।
जसपाको यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि दलको नेता चयन गर्न लागिएको हो।
दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन्।