देउवा सरकारविरुद्ध ‘विप्लव’ नेतृत्वको पार्टीले किन गर्दैछ प्रदर्शन ? यस्तो छ कारण-Sutra News

देउवा सरकारविरुद्ध ‘विप्लव’ नेतृत्वको पार्टीले किन गर्दैछ प्रदर्शन ? यस्तो छ कारण

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । दार्चुला घटनालाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।



पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निकालेको विज्ञप्तिमा दार्चुला जिल्लाको व्यास गाउँपालिका-२ मालघाट भएको घटनालाई पार्टीले गम्भीरताका साथ लिएको उल्लेख छ।

 ‘सीमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनिक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताकाविरुद्ध विगतमा घटाइएका जति पनि घटनाहरु छन् त्यसमा भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको छ। जयसिंह धामीको घटना पनि त्यसैको उपज हो। यसर्थ तुइन घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाकाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ।’, विज्ञप्तिमा भनिएको छ।

महाकाली नदी तर्न तुइनमा झुण्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकाल्दा दार्चुलाको व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बेपत्ता भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट