देउवा भेट्न प्रचण्ड अचानक बालुवाटारमा, के भयो छलफल ?-Sutra News

देउवा भेट्न प्रचण्ड अचानक बालुवाटारमा, के भयो छलफल ?

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।



प्रधानमन्त्री देउवालाई भेट्नका लागि अध्यक्ष प्रचण्ड शनिबार बिहानै बालुवाटार पुगेका थिए ।

आधा घण्टा भएको उनीहरुको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको धेरै दिन भइसक्दा पनि देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । उनले मन्त्री छान्ने जिम्मा पार्टीका शिर्ष नेताहरुलाई दिएका छन् ।

अहिले प्रधानमन्त्री देउवाले काँग्रेस र माओवादीबाट २–२ मन्त्री र एक राज्यमन्त्रीका साथमा सरकार चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट