गीतको विषयलाई लिएर लोकदोहोरी प्रतिष्ठानले दुर्गेशलाई दियो यस्तो चेतावनी [पत्रसहित]-Sutra News

गीतको विषयलाई लिएर लोकदोहोरी प्रतिष्ठानले दुर्गेशलाई दियो यस्तो चेतावनी [पत्रसहित]

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

दुर्गेश थापा नाम सुन्नेबित्तिकै ‘कन्ट्रोभर्सी’को अर्को नाम हो जस्तो लाग्छ । उनले ‘कन्ट्रोभर्सी’ बाट आफ्नो करियर सुरुवात गरेका थिए भने यतिबेला आफ्नो करियरको राम्रो ठाँउमा हुँदा पनि पटक पटक कन्ट्रोभर्सीमा फँसेका छन्।



कहिले उनि आँफै जानी जानी यस्ता गसिपमा फँसेका हुन्छन् भने कहिले, उनका कामले ।

तिहारको गीतमा बियरलाई अगाडी ल्याएर होस् या शिवरात्रिमा गाँजालाई, उनलाई नराम्रै सहि अगाडी आउनु नै पर्छ ।

यस्तैमा फेरी तीज गीतका कारण उनि एक पटक कन्ट्रोभर्सीमा फँसेका छन् ।

यो पटक भने दुर्गेसलाई हच्काउने खालको कन्ट्रोभर्सी अगाडी आएको छ । तीज गीत ‘बीच्च बीच्चमा ४’ले उनलाई विवादमा तानेको हो ।

यसमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दले नेपाली महिलालाई होच्याएको भन्दै ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’ले उनलाई गीतको टिजर सार्वजनिक हुनेबित्तिकै पत्र काटेको थियो तर दुर्गेशले प्रतिष्ठानलाइ बेवास्ता गरि केहि दिन अगाडी मात्र यो गीतलाई सार्वजनिक गरेका थिए ।

यो पटक प्रतिष्ठानले दुर्गेशलाई चेतावनीसमेत दिएको छ ।

यदि गायक थापाले यो शब्द परिवर्तन नगरी आफ्नो मनोमानी गरेमा उनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दिने सेवा सुविधाबाट बन्चित गर्ने तथा विभिन्न आयोजना हुने कार्यक्रममा सहभागी हुन नदिनेसम्मको चेतावनी दिएको छ ।

आइतबार यसै बिषयलाई लिएर प्रतिष्ठानले बैठक राख्ने बताएको छ ।

यता दुर्गेशले भने केहि अनलाइनलाई फोन अन्तरवार्तामा आफु माथि प्रतिष्ठानले टार्गेट गरेको बताएका छन् ।

223663105_514563269831070_6335382243985184623_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट