एमाले एकता छिटो नभए पार्टीलाई थप क्षति हुने विघटित कार्यदलको निश्कर्ष-Sutra News

एमाले एकता छिटो नभए पार्टीलाई थप क्षति हुने विघटित कार्यदलको निश्कर्ष

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुको बैठक सम्पन्न भएको छ ।



शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकतालाई टुंग्याउनुपर्नेमा जोड दिएका छन् । एमालेको एकता प्रक्रिया लम्बिए पार्टीलाई थप क्षति हुने कार्यदलको निश्कर्ष रहेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गोकर्ण विष्टले भने ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुङ्ग्याएर जानुपर्छ, अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ ।’

शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए।

आजै अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट