जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव-Sutra News

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।  



सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले पार्टीका अध्यक्ष यादवलाई नै निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् । 

आजको बैठकमा २१ जना सांसद  उपस्थित थिए। दुई जना निलम्बनमा परेका बाहेक जसपामा ३२ सांसद छन्। महन्थ ठाकुरसहित ११ सांसद अनुपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट