माधव नेपाललाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिउँ, अब कुर्नुको अर्थ छैन- सूर्य थापा-Sutra News

माधव नेपाललाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिउँ, अब कुर्नुको अर्थ छैन- सूर्य थापा

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका अर्का नेता माधवकुमार नेपाल बिना नै एकता गर्नुपर्नेमा जोड दिएका छन् ।



शनिबार सामाजीक संजालमा लेख्दै उनले यस्तो संकेत गरेका हुन् ।

त्यस्तै उनले नेपाललाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सहयोगी बन्न दिनुपर्ने उलेख गरेका छन् ।

हेर्नुहोस् उनको स्ट्याटस

प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्ताे पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हाे कहाँ? कार्यदलकाे प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं,नराेकाैं!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट